२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

भारतका विभिन्न राज्य र नेपालका केही स्थानमा बर्डफ्लु देखिएपछि सीमावर्ती जिल्ला बाँके उच्च जोखिम,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०१, २०८३

बाँके । सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाएको भए पनि सीमापारिबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नरोकिँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा पारिए पनि सुरक्षाकर्मीले दैनिक जसो अवैध रूपमा ल्याइएका कुखुरा नियन्त्रणमा लिइरहेको घटनाले अवैध आयात पूर्ण रूपमा रोक्न नसकिएको देखिएको छ । स्थानीयका अनुसार खुला सीमा र चोरीपैठारीका कारण बर्डफ्लु भित्रिने जोखिम अझै कायम छ । नेपालगञ्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठले सीमापारिबाट कुखुरा भित्रिने क्रम नरोकिनु गम्भीर चिन्ताको विषय भएको बताए ।

उनले नेपालगञ्ज क्षेत्र सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै बर्डफ्लु जस्तो सङ्क्रामक रोग रोक्न सरकारले सीमानाकामा थप कडाइ गर्नुपर्ने आवश्यकता औँल्याए । कुखुरापालक किसान र व्यवसायीले पनि अवैध आयात रोक्न नसकिए बर्डफ्लु फैलिन सक्ने र त्यसले मानव स्वास्थ्यसँगै पोल्ट्री व्यवसायमा ठुलो क्षति पुर्याउने बताएका छन् । रजा ग्रुपका सञ्चालक मुख्तार राईले स्वदेशी पोल्ट्री उद्योगको संरक्षण र बर्डफ्लु नियन्त्रणका लागि भारतीय कुखुराको अवैध आयात पूर्ण रूपमा रोक्नुपर्ने बताए ।

कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले पनि बर्डफ्लुले सम्पूर्ण पोल्ट्री व्यवसाय धराशायी बनाउन सक्ने भएकाले सीमामा प्रभावकारी निगरानी अपरिहार्य रहेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले मुख्य तथा सहायक सीमानाकामा सुरक्षाकर्मी परिचालन गरी भारतबाट कुखुरा भित्र्याउने प्रयास रोकिएको बताए । उनका अनुसार अवैध रूपमा कुखुरा ल्याउने प्रयास गर्ने व्यक्तिलाई कुखुरासहित नियन्त्रणमा लिने कार्य निरन्तर भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]