२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नवलपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्यो

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

कावासेती फागुन २ जिल्ला प्रहरी कार्यलय नवलपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमावडा नं २३ धुम्बाराही बस्ने रबि राई र दोलखा भिमेश्वर नगरपालिका वडा नं ११ का सुमन सुबेदीलाई शंकालागी खानतालसी गर्दा उनिहरुको साथबाट ५३ एम्पुल डाईजापाम, ५३ एम्पुल फेनरागन र ५३ एम्पुल नुफिन गरी जम्मा १०९ एम्पुल लागुऔषध र ३८ वटा सिरिन्ज सहित पक्राउ गरिएको छ ।
यस्तै गरि कावासोती नगरपालिका वडा नं १६ चालिसकिलो जंगलमा राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाण्डौ वडा नं.३२ का दिपक थापा र चितवन भरतपुर वडा नं ४ का कृष्ण कंडेल चढेको ना ४६ प ३४८७ को स्कुटर बाट नुफिन ३२८ एम्पुल, फेनारागन ३२८ एम्पुल, डाईजापाम ३२८ एम्पुल गरी जम्मा ९८४ एम्पुल र नाईट्रोभ्याट १५ टयाबलेट लागुऔषध फेला पारेको छ ।
सोही स्थानमा चेक जाँच गर्ने क्रममा प्रहरीले चितवन भरतपुर महानगरपालिका वडा नं ७ का दिपेश क्षेत्री ,वडा नम्बर २५ बस्ने नारायण क्षेत्रीबाट नुफिन ५५एम्पुल, फेनारागन ५५ एम्पुल,डाईजापाम ५५ एम्पुल गरी जम्मा १६५ एम्पुल पारी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।