२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपाल प्रहरीमा जवानदेखि डिआईजीसम्म एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा,

Logo
प्रकाशित शनिबार, साउन २३, २०८३

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि डीआईजी दर्जासम्मका प्रहरी कर्मचारी छन्।

तथ्यांकअनुसार कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै ८६६ जना प्रहरी जवान छन्। त्यसपछि ३५६ प्रहरी सहायक हवल्दार र २६२ प्रहरी हवल्दार कारबाहीमा परेका छन्।

त्यस्तै, १३९ प्रहरी सहायक निरीक्षक (असई), ६१ वरिष्ठ हवल्दार, ५३ कार्यालय सहयोगी, ५२ प्रहरी नायब निरीक्षक (सई) र १७ वरिष्ठ सईमाथि कारबाही भएको छ।

अधिकृततर्फ ३३ प्रहरी निरीक्षक (इन्स्पेक्टर), तीन प्रहरी नायब उपरीक्षक (डीएसपी), तीन प्रहरी उपरीक्षक (एसपी), दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठनको आचरण र अनुशासन विपरीत गतिविधि, व्यावसायिक जिम्मेवारी निर्वाहमा देखिएका कमजोरी तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघनलगायतका आधारमा उनीहरूमाथि कारबाही गरिएको हो।

यसरी आर्थिक वर्ष २०८२-८३ मा विभागीय कारबाहीमा परेका प्रहरी कर्मचारीको कुल संख्या एक हजार ८४८ पुगेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

error: Content is protected !!