२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

झापा प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

झापा फागुन २ जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-४ बस्नेहरु ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाम जिल्लामा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा सोही अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!