१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
×

बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको जोखिम अझै कायम पूर्वानुमान महाशाखा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ११, २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ ।

बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको हो ।

उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ । पछिल्लो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । लगातारको बाढीका कारण नारायणी नदीमा विभिन्न ठाउँबाट बगेर आएका ग्यासका सिलिन्डरहरू नदी किनारमा भेटिने गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गर्दै । नदीमा पौडी खेलेर सिलिन्डर नसमात्न ज्यानको जोखिम धेरै भएको हुँदा भेटिएका सिलिन्डरहरू आफैँ नलैजानुहोस् भेटिएको सिलिन्डर नजिकको प्रहरी चौकी वा सिधै C.D.O. कार्यालयमा बुझाउन प्रशासनले संकलित सिलिन्डरहरूलाई सम्बन्धित ग्यास […]

चितवन । लास (शव) बाट सुनका गहना चोर्ने व्यक्ति पक्राउ परेका छन् । बुधबार भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको लासबाट सुनका गहना चोर्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । […]

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ । बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी […]