काठमाडौं । कर्तव्य पालनाको सिलसिलामा रसुवा,भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्र.स.नि. रामहरि खड्का प्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण ।
उहाँको पार्थिव शरीरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी दानबहादुर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुले अन्तिम सलामीसहित श्रद्धासुमन अर्पण गर्नुभयो।
देश र जनताको सुरक्षामा आफ्नो ज्यानको आहुती दिने अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली !