३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

काठमाडौंमा ग्यास होटल,रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि बिक्रीमा तत्काल रोक,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १७, २०८३

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ।

निगमको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यकाभित्र रहेका ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास उपत्यकाभित्रका डिपो तथा विक्रेताबाट खरिद गर्न पाउने छैनन्। त्यस्ता व्यवसाय तथा उद्योगले उपत्यकाबाहिर रहेका ग्यास उद्योगबाट आफैं ग्यास खरिद गरी काठमाडौं ल्याउनुपर्नेछ।

निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार घरायसी उपभोक्तालाई प्राथमिकतामा राख्दै उपत्यकाका ग्यास डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्णय गरिएको हो।

उनका अनुसार उपत्यकामा घरायसी प्रयोजनका लागि ग्यासको माग उच्च रहने भएकाले व्यावसायिक क्षेत्रले समेत त्यही आपूर्ति प्रणालीबाट ठूलो परिमाणमा ग्यास खरिद गर्दा सर्वसाधारण उपभोक्तालाई अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।

निगमले स्पष्ट पारेअनुसार होटल, रेस्टुरेन्ट तथा उद्योगले ग्यास प्रयोग गर्न नपाउने भने होइन, उनीहरूले उपत्यकाबाहिरका ग्यास उद्योगबाट आवश्यक ग्यास आफैं व्यवस्थापन गरेर ल्याउनुपर्नेछ। यसका लागि सम्बन्धित व्यवसायीले आफ्नै सवारीसाधन तथा ढुवानीको व्यवस्था गर्नुपर्नेछ।

यससँगै हेटौंडा, चितवन, नवलपरासीलगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा ल्याइएका ग्यास सिलिन्डरसमेत उपत्यकाभित्र व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन।

निगमको यो निर्णयले एकातर्फ व्यावसायिक क्षेत्रलाई ग्यास व्यवस्थापनमा थप जिम्मेवारी थपे पनि अर्कोतर्फ घरायसी उपभोक्ताका लागि ग्यासको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

विशेषगरी ग्यासको अभाव वा आपूर्ति असहज भएका बेला ठूलो परिमाणमा ग्यास खपत गर्ने होटल, रेस्टुरेन्ट तथा उद्योगका कारण सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्थालाई कम गर्न यो व्यवस्था प्रभावकारी हुने निगमको विश्वास छ।

अब व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने उद्योग तथा व्यवसायीले उपत्यकाबाहिरका उद्योगसँग प्रत्यक्ष समन्वय गरी खरिद तथा ढुवानीको व्यवस्था गर्नुपर्नेछ। यसले घरायसी उपभोक्ताका लागि छुट्याइएको ग्यासको उपलब्धता बढाउने र बजारमा सर्वसाधारणलाई सहज रूपमा सिलिन्डर उपलब्ध गराउन सहयोग पुग्ने निगमको दाबी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]