०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

ईप्रका भगवानपुरले नागरिकका गुनासो सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पुर्याउन QR कोडको व्यवस्था,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १८, २०८३

बाँके । नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पु¥याउन क्यूआर कोडको व्यवस्था गरेको छ।

अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा आवश्यक सूचना प्रहरीलाई दिन सक्नेछन्।

प्रहरीका अनुसार नागरिकले दिएको सामान्य देखिने सूचना पनि अपराध रोकथाम तथा सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण हुन सक्छ। नागरिकका गुनासो तथा सूचनालाई सहज रूपमा प्राप्त गरी आवश्यक कारबाही अघि बढाउन क्यूआर कोडको व्यवस्था गरिएको बताइएको छ।

यस पहलले प्रहरी सेवा थप सहज, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरी र नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको यस्तो व्यवस्था नागरिकका लागि उपयोगी रहेको स्थानीय लगायत युवाहरुको बुझाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]