२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दिनभर कबाड संकलन रातभर लुटपाट सिसि टिभीको फुटेजले समातिए चोरहरु

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

काठमाडौं माघ २१ गते राति ३ बजे ललितपुरको श्रीबहालस्थित एक सुनचाँदी पसलमा एक करोड बढीको गरगहना चोरी भयो । पसल फोडेर चोरी गरेको घटना राति कसैले चाल पाएनन् ।
बिहान सञ्चालक जब पसलमा पुगे, उनले ताला फोडेर ‘सेफ’ लुटिएको देखे । ‘सेफ’ मै थियो, पसलको ९३ तोला सुन, २६५ तोला चाँदीलगायत एक करोड बढीको धातु । उनले प्रहरीलाई खबर गरे ।
लुटपाटको सूचनापछि महानगरीय प्रहरी प्रभाग पुल्चोक, अपराध शाखा ललितपुरको टोली घटनास्थल पुग्यो । लुटेराले सबै सामान लगिसकेका थिए । त्यतिबेलै प्रहरीको सहयोगी बन्यो, पसलभित्रै रहेको सीसीटीभी क्यामेरा ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राई भन्छन्, ‘‘सीसीटीभीमा सबै दृश्य कैद थिएन । लुटेराहरू ‘प्रोफेसनल’ रहेछन् । सकेसम्म अनुहार नदेखिने गरी लुटेका थिए । तर झन्डै २० सेकेन्डको भिडियो नै कैद भएको रहेछ ।’’
प्रहरीसँग घटनाको अनुसन्धान गर्ने पहिलो माध्यम बन्यो, सीसीटीभी क्यामेरा । दृश्य त थियो तर व्यक्ति पहिचान गर्न गाह्रो थियो, प्रहरीलाई । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘सीसीटीभीसँगै हामीले २ बजे आसपासको समयमा त्यो क्षेत्रमा ‘एक्टिभ’ भएका मोबाइल नम्बरको अनुसन्धान सुरु गर्यौ । त्यसबाट केही शंकास्पद नम्बरबाट अनुसन्धान अगाडि बढ्यो ।’’ एक साताको बीचमा प्रहरीले सूचना संकलन गर्ने र अनुसन्धान कार्यलाई निरन्तरता दियो । त्यसक्रममा लुटेरा समूह गाडीमा आएको पत्ता लाग्यो ।
प्रहरीले बुधबार काठमाडौंको सतुंगल र थानकोटबाट लुटिएका गहनासहित तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा सुरज पोद्दार, चन्दन पोद्दार र रवि पोद्दार छन् । पक्राउ परेकाहरू सबै भारतीय हुन् । उनीहरू आफन्त भएको खुलेको छ ।
एसएसपी राईका अनुसार लुटपाटमा ७ जनाको समूह थियो । चारजना फरार छन् । उनीहरूले गहना थानकोटमा आफू बस्दै आएको डेराको आसपासमा फोहोरमुनि लुकाएका थिए । सेफ भने सतुंगलस्थित खोलाको फोहोरमुनि गाडेका थिए । एसएसपी राईले भने, ‘‘सेफ, चोरी गर्न प्रयोग गरिएको गाडी र गहना सबै बरामद गरेका छौं । ठूलो मात्रामा भएकाले उनीहरूले बेच्न भएका पाएका रहेनछन् । लुटपाट भएको सबै गहना सुरक्षित पाइएको छ ।’’
ललितपुरबाट लुटेको करोडको सुनसहित ३ भारतीय पक्राउ
उनीहरू दिउँसोको समयमा कवाड संकलन गर्दै आएका थिए । कवाड संकलनको बहानामा रेकी गर्ने, वरपरको अवस्था बुझ्ने र राति चोर्नेे गरेको अनुसन्धानबाट खुलेको राई बताउँछन् । उनीहरू अन्य घटनामा पनि जोडिएको नजोडिएको अनुसन्धान गरिरहेको प्रहरी बताउँछ । पछिल्लो समय उपत्यकामा भारतीय चोर सक्रिय रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन बेला–बेला आग्रह गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]