१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आए पनि नेपालमा नबढाइएको आयल निगमको जानकारी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आश्विन १५, २०८३

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा हालकै मूल्य यथावत् राख्दा पाक्षिक रूपमा ३ अर्ब २० करोड रुपैयाँभन्दा धेरै घाटा हुने नेपाल आयल निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेशनबाट हिजो बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा नबढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो।

भारतबाट मूल्यवृद्धि भएर आए पनि नेपालमा हालकै मूल्य काय राख्दा निगमलाई पाक्षिक रुपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

भोटेकोसीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई मध्यनजर गरेर मूल्य यथावत् राखिएको निगमले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले विज्ञप्ति जारी गर्दै असोज १४ गते इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त हुँदा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टिलेटमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको जनाएको हो।

त्यसैगरी खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आए पनि पनि हाललाई मूल्य यथावत राखिएको निगमले जनाएको छ।

निगमका अनुसार मूल्य यथावत राख्दा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहने छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल लगायत छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीको टोलीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेल रहेकी छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा […]

काठमाडौं । नेपालकै पहिलो क्रुजका रूपमा चिनिएको राइनो क्रुज पछिल्लो समय नारायणी नदीको भीषण बाढीमा बगेर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको छ। तर धेरैलाई एउटा प्रश्न छ— “राइनो क्रुजमा वास्तवमै कति लगानी भएको थियो?” तथ्य हेर्दा ५० करोड रुपैयाँ क्रुजमा मात्रै लगानी भएको होइन। 🔹 राइनो क्रुजको आफ्नै लागत: करिब १० करोड रुपैयाँ 🔹 क्रुजमा […]

दाङ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीमा पाल्नुभई कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले आवश्यक निर्देशन समेत दिनुभएको छ।