बाँके । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाईबाट खटिएको टोलीले २०८३ साल असोज २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको डिउटीका क्रममा कुल १५ लाख २९ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामग्री, मोटर पार्ट्स, भाँडावर्तन, कस्मेटिक सामग्री, पेय पदार्थ, तरकारी, खाद्यान्न तथा फलफूल रहेका छन्।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका उक्त सामान आवश्यक कानुनी कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, जमुनाहा बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेले जानकारी दिएको छ ।