०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
×

पठन संस्कृतिको विकास गर्न सविन प्रियासनको किताब उपहार अभियान सुरु

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक ०१, २०८३

पठन संस्कृतिको विकास गर्न सविन प्रियासनको किताब उपहार अभियान सुरु

घोराही, । समाजमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालमा दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका साहित्यकार सविन प्रियासनले दाङमा किताब उपहार अभियान सुरु गर्नुभएको छ। चाडपर्व तथा विशेष दिनहरूमा किताब उपहार दिने संस्कृतिको विकास गर्दै पाठकको सङ्ख्या बढाउने र साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने लक्ष्यसहित उहाँले अभियान अघि बढाउनुभएको हो।

अभियानअन्तर्गत घोराहीस्थित मेवाड कफी हाउसमा घोराही उपमहानगरपालिका–४, सुनपुर निवासी सुदिन पोखरेललाई किताब उपहार दिएर अभियानको उद्घाटन गरिएको हो। साहित्यकार प्रियासनले पोखरेललाई आफूले लेख्नुभएका पुस्तकहरू उपहार दिएसँगै अभियानको औपचारिक सुरुआत गर्नुभएको हो।

अभियानको उद्देश्य किताब पढ्ने बानीको विकास गर्नुका साथै उपहार दिने संस्कृतिलाई ज्ञान, चेतना र सिर्जनशीलतासँग जोड्नु रहेको साहित्यकार प्रियासनले बताउनुभयो। उहाँले दसैँ, तिहारलगायतका चाडपर्व, जन्मदिन, विवाह, वार्षिकोत्सव तथा अन्य विशेष अवसरमा आफूले लेखेका किताबहरू उपहार दिने योजना रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार उपहारका रूपमा किताब दिने परम्परा विकास गर्न सकेमा समाजमा अध्ययन गर्ने बानी बढ्ने, नयाँ पुस्तामा ज्ञानप्रतिको रुचि जाग्ने र साहित्यिक क्षेत्रसमेत थप प्रोत्साहित हुने विश्वास गर्न सकिन्छ। महँगा तथा भौतिक सामग्री उपहार दिने प्रचलनसँगै ज्ञान र विचार प्रदान गर्ने पुस्तकलाई पनि उपहारको महत्त्वपूर्ण माध्यम बनाउनुपर्ने उहाँको धारणा छ।

“किताब उपहार दिने संस्कृतिको विकास गर्न सकेमा पठन संस्कृतिको विस्तार हुनुका साथै समाजलाई ज्ञानमुखी, सिर्जनशील र सभ्य बनाउन सहयोग पुग्छ,” अभियानको भावनाबारे प्रियासनले बताउनुभयो।

किताब उपहार ग्रहण गर्दै पाठक सुदिन पोखरेलले आफूलाई किताब पढ्न मनपर्ने बताउनुभयो। उहाँले उपहारस्वरूप प्राप्त पुस्तकहरू अध्ययन गर्ने र आफूले पढिसकेपछि अरूलाई समेत ती पुस्तक पढ्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

किताब उपहार अभियानले लेखक र पाठकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पुस्तक पढ्ने र पढेका पुस्तकबारे छलफल गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी सामाजिक सञ्जाल र डिजिटल सामग्रीमा बढ्दो आकर्षणका बीच पुस्तक अध्ययनको महत्त्व स्थापित गर्न यस्ता अभियान प्रभावकारी हुन सक्ने विश्वास गरिएको छ।

साहित्यकार प्रियासनले आफ्नो अभियानलाई व्यक्तिगत प्रयासमा सीमित नराखी किताब उपहार दिने संस्कृतिलाई समाजव्यापी बनाउन चाहनुभएको छ। उहाँको पहलले चाडपर्व र विशेष अवसरमा पुस्तक उपहार दिने प्रचलन विस्तार गर्न तथा नयाँ पुस्तालाई अध्ययनतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् । पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने […]

  दाङ । घोराही-तापा सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१ काउले गाउँस्थित गोरबहादुर बिकको घरमा चुनढुंगा बोकेको टिप्पर खसेको छ। गएराति घरमा टिप्पर खस्दा बिक परिवारका चार जना सदस्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दशैं आएको बेला यो कस्तो दशा लाग्यो भन्दै स्थानीय आक्रोशित बनेका छन्। सडक फराकिलो भएपनि चालकले नियम नमानेर […]

बाँके । दशैं पर्व मनाउन भारतका विभिन्न स्थानबाट स्वदेश फर्कनेहरुको चापले बाँकेको मुख्य नाका नेपालगञ्ज जमुनाहामा अत्याधिक भीडभाड बढेको छ। भारतको दिल्ली, मुम्बई, पञ्जाब, हरियाणा, बेंगलोर लगायतका सहरबाट हजारौं नेपाली चाडपर्व मनाउन घर फर्किरहेका छन्। बिहानैदेखि नाकामा यात्रुहरुको लामो लाम लागेको छ। नाकामा नेपाल आउनेहरुको मात्र नभई नेपालबाट भारततर्फ जानेहरुको पनि उत्तिकै भीड छ। आवतजावत […]