रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् ।
पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा चलाउने उत्कृष्ट कार्य सम्पादन मूल्याकंन अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाबाट पुरस्कृत एवं सम्मानित भएकी हुन्।
प्रहरी जवान चलाउने मुद्दा साखामा छिन् । उनी समुदाय प्रहरी साझेदारी कार्यक्रम लगेर समाजमा जानेदेखि कार्यालयमा सेवग्राहीहरुसंग सरल व्यबहार गर्नुको शाथै कार्यालयमा आउने उजुरीहरु मेलमिलापमा अब्बल रहदै आएकि छन् ।