०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
×

घरमाथि टिप्पर खस्यो,घोराहीमा ४ जना घाइते मध्यरातमा पनि हुँइकिन्छन् टिप्पर

Logo
बिदुर एमसी प्रकाशित शनिबार, कार्तिक ०१, २०८३

 

दाङ । घोराही-तापा सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१ काउले गाउँस्थित गोरबहादुर बिकको घरमा चुनढुंगा बोकेको टिप्पर खसेको छ।

गएराति घरमा टिप्पर खस्दा बिक परिवारका चार जना सदस्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दशैं आएको बेला यो कस्तो दशा लाग्यो भन्दै स्थानीय आक्रोशित बनेका छन्। सडक फराकिलो भएपनि चालकले नियम नमानेर मध्यरातमा समेत तीव्र गतिमा टिप्पर चलाउँदा यस्ता घटना दोहोरिइरहेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार रातको समयमा टिप्पर नचलाउने नियम भएपनि कार्यान्वयन फितलो छ। टिप्परको कारण दिनभर धुलोको सास्ती खेपिरहेका सडक छेउका बस्ती अहिले ज्यानकै जोखिममा परेका छन्।

“धुलो खाएर बाँचेका नागरिकले ज्यानको जोखिम कहिलेसम्म बेहोर्ने ?” स्थानीयले प्रश्न गरेका छन्।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ भने सम्बन्धित निकायले रात्रीकालिन टिप्पर सञ्चालनमा कडाई गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् । पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने […]

  दाङ । घोराही-तापा सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१ काउले गाउँस्थित गोरबहादुर बिकको घरमा चुनढुंगा बोकेको टिप्पर खसेको छ। गएराति घरमा टिप्पर खस्दा बिक परिवारका चार जना सदस्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दशैं आएको बेला यो कस्तो दशा लाग्यो भन्दै स्थानीय आक्रोशित बनेका छन्। सडक फराकिलो भएपनि चालकले नियम नमानेर […]

बाँके । दशैं पर्व मनाउन भारतका विभिन्न स्थानबाट स्वदेश फर्कनेहरुको चापले बाँकेको मुख्य नाका नेपालगञ्ज जमुनाहामा अत्याधिक भीडभाड बढेको छ। भारतको दिल्ली, मुम्बई, पञ्जाब, हरियाणा, बेंगलोर लगायतका सहरबाट हजारौं नेपाली चाडपर्व मनाउन घर फर्किरहेका छन्। बिहानैदेखि नाकामा यात्रुहरुको लामो लाम लागेको छ। नाकामा नेपाल आउनेहरुको मात्र नभई नेपालबाट भारततर्फ जानेहरुको पनि उत्तिकै भीड छ। आवतजावत […]