०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेपालगञ्जको घरबारी टोलमा केटीहरूले केटालाई पिटेको भिडियो भाइरल

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक ०३, २०८३

 

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलमा केटीहरुको समूहले २ जना केटालाई पिटेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा व्यापक रुपमा सेयर भइरहेको भिडियोमा केटीहरुको समूहले २ जना केटामाथि हातपात गरिरहेको देखिन्छ। भिडियो कहिले र के कारणले घटना भएको हो भन्ने खुलेको छैन।

भिडियो भाइरल भएपछि यसबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। कतिपयले व्यक्तिगत विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरेका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगञ्जस्थित जमुनाहा भन्सार नाका हुँदै नेपालबाट भारततर्फ हुने कबाड तस्करीमा सुरक्षाकर्मीहरुको मौनता र सेटिङबारे पटक-पटक गम्भीर प्रश्न उठ्दै आएको छ। जमुनाहा नाकामा इलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी (ICP) को २४सै घण्टा तैनाथी रहे पनि प्रहरीको नाकै अगाडिबाट कबाडजन्य सामग्रीहरु जस्तै तामा, पित्तल, फलाम र पुराना ब्याट्री अवैध रुपमा सीमापार गराइँदा […]

दाङ। समाजमा पठन संस्कृतिको विकास गर्ने, साहित्यप्रति रुचि बढाउने र पुस्तक पढ्ने बानीको विस्तार गर्ने उद्देश्यले साहित्यकार सविन प्रियासनले सञ्चालन गर्नुभएको ‘किताब उपहार अभियान’ जारी रहेको छ। नेपालमा सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने साहित्यकारमध्ये दोस्रो स्थानमा रहेको दाबी गरिएका प्रियासनले अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर २ र ४ का विभिन्न स्थानमा पुगेर पुस्तकप्रेमी तथा साहित्यमा […]

  बाँके । सडकले धान्नेभन्दा बढी ओभरलोड बोकेका गाडीहरु खुलेआम चलिरहँदा पनि प्रशासन मौन बसेको छ। क्षमता भन्दा दोब्बर बढी सामान बोकेर दैनिक सयौं ट्रक र टिपरहरु निर्वाध चलिरहेका छन्। जसका कारण सडक जीर्ण बन्दै गएको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ। तर नियमन गर्ने निकाय प्रहरी र ट्राफिक प्रहरीबीच समन्वय नै देखिँदैन। एकले […]