बाँके । नेपालगञ्जस्थित जमुनाहा भन्सार नाका हुँदै नेपालबाट भारततर्फ हुने कबाड तस्करीमा सुरक्षाकर्मीहरुको मौनता र सेटिङबारे पटक-पटक गम्भीर प्रश्न उठ्दै आएको छ।
जमुनाहा नाकामा इलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी (ICP) को २४सै घण्टा तैनाथी रहे पनि प्रहरीको नाकै अगाडिबाट कबाडजन्य सामग्रीहरु जस्तै तामा, पित्तल, फलाम र पुराना ब्याट्री अवैध रुपमा सीमापार गराइँदा सुरक्षाकर्मीले “देखेर पनि नदेखेझैँ” गर्ने गरेको स्थानीय र सरोकारवालाहरुको आरोप छ। भिडियोमा प्रष्ट रुपमा कबाड बोकेका सवारी र मानिसहरु सीमा पार गरिरहेको देख्न सकिन्छ।
स्थानीयका अनुसार दैनिक रुपमा ठूलो परिमाणमा कबाड अवैध बाटो हुँदै भारततर्फ गइरहेको छ, तर नियन्त्रणमा सम्बन्धित निकायले चासो देखाएका छैनन्।

यता यस विषयमा बाँके ICP का सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) जिबन मल्लले प्रतिक्रिया दिँदै कबाड भारत गएको भिडियो प्रमाण भए उपलब्ध गराउन र प्रमाण प्राप्त भए तत्काल कारबाही गर्ने बताएका छन्। जब कि पटकपटक सशस्त्र प्रहरी बल सिमा सुरक्षा IPS डिएसपी जिबन मल्ललाई जानकारी गराउदा पनि पटकपटक कबाडहरु नेपालदेखि भारत तर्फ धमाधम गएको भिडियोमा देख्न सकिन्छ ।