चितवन – मध्यरातको समयमा हाइवेमा इलाका प्रहरी कार्यालय मुग्लिङले सरप्राइज चेकिङ गरेको छ।
जुगेडी देखि फिस्लिङसम्म गरिएको चेकिङको क्रममा विभिन्न कसुरमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ।
चेकिङका क्रममा मापसे गरेर On Test गाडी चलाउने व्यक्ति, चुम्लिङटारमा हतियार सहित चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् भने गाडीमा हो-हल्ला गरेको उजुरीका आधारमा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक दिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ।
रात्रिकालीन समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि चेकिङलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।