०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

गंगा माविको अक्षय कोषमा सहयोग जुटाउन ‘एक व्यक्ति, रु. १,००० अभियान’

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक ०४, २०८३

दाङ।पूर्व विद्यार्थी समाज, गंगा माध्यमिक विद्यालय, रामपुर, घोराही–२ दाङले विद्यालयको शैक्षिक विकास तथा विद्यार्थीहरूको हितलाई लक्षित गर्दै सञ्चालन गरेको ‘एक व्यक्ति, रु. १,००० अभियान’ अन्तर्गत अक्षय कोषमा आर्थिक सहयोग प्राप्त गरेको छ।

विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीहरूको हित तथा आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले समाजले हालसम्म रु. एक लाखको अक्षय कोष स्थापना गरिसकेको छ। उक्त कोषलाई थप वृद्धि गरी दीर्घकालीन र प्रभावकारी बनाउने लक्ष्यसहित समाजले अभियान सञ्चालन गरेको हो। दशैँ मिलन, शुभकामना आदानप्रदान तथा गुरु सम्मान कार्यक्रमको अवसरमा पूर्व विद्यार्थी तथा सामाजिक व्यक्तित्वले जनही एक हजार रुपैयाँका दरले सहयोग प्रदान गरेका छन्।

सहयोग गर्नेहरूमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ‘घोराही बनाऔँ अभियान’का संयोजक सविन प्रियासन, एसएलसी ब्याच २०३१ का पूर्व विद्यार्थी तथा घोराही–४, लक्ष्मीपुर निवासी निर्मल कुमार शर्मा घिमिरे र घोराही–१५ निवासी पूर्व विद्यार्थी शिवा पोखरेल अधिकारी रहेका छन्।
अक्षय कोष निर्माण गर्ने अभियानमा आफू पनि जोडिन पाउँदा खुसी लागेको घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनले बताउनुभयो । उहाँले आफू यो विद्यालयको विद्यार्थी नभएपनि यस्ता कामहरुमा सबैको सहभागिता हुनुपर्ने धारणा राख्नुभयो ।
पूर्व विद्यार्थी समाजका अनुसार पछिल्लो चरणमा २७ जनाले अक्षय कोषमा सहभागिता जनाइसकेका छन्। अभियानमा ५० जना सहभागी पुगेपछि संकलित रकम अक्षय कोषमा थप गरिनेछ। अभियानमार्फत पूर्व विद्यार्थीहरूलाई विद्यालयको विकास र विद्यार्थीको शैक्षिक भविष्यसँग जोड्ने अपेक्षा गरिएको छ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष भोला अधिकारीले विद्यालयको विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै अक्षय कोषलाई विद्यालयको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “अक्षय कोष केवल आर्थिक रकम मात्र होइन, यो विद्यालयको उज्ज्वल भविष्य, विद्यार्थीहरूको शैक्षिक उन्नति र पूर्व विद्यार्थीहरूको सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा सम्पत्ति हो। सबै पूर्व विद्यार्थीले आ–आफ्नो क्षमताअनुसार योगदान गरेमा सानो सहयोगबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।”

त्यस्तै, समाजका सचिव गोपाल खनालले अभियानलाई सफल बनाउन सबै पूर्व विद्यार्थी र शुभेच्छुकहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गर्नुभयो। उहाँले विद्यालयप्रतिको माया, सद्भाव र जिम्मेवारीलाई व्यवहारमा उतार्न यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

समाजले सहयोग प्रदान गर्ने तीनै जना व्यक्तित्वप्रति आभार व्यक्त गर्दै अन्य पूर्व विद्यार्थीलाई पनि अभियानमा सहभागी हुन आह्वान गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हित प्रवर्द्धन तथा आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोषलाई क्रमशः विस्तार गर्दै लैजाने समाजको लक्ष्य छ।

‘सानो–सानो सहयोग, ठूलो उद्देश्य’ भन्ने भावनासहित अघि बढाइएको यस अभियानले पूर्व विद्यार्थीबीचको एकता, सहकार्य र विद्यालयप्रतिको अपनत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पूर्व विद्यार्थी समाज, गंगा माध्यमिक विद्यालय, रामपुर, घोराही–२ दाङले सबै पूर्व विद्यार्थीलाई ‘एक व्यक्ति, रु. १,००० अभियान’ मा सहभागी भई विद्यालयको उज्ज्वल भविष्य निर्माणमा योगदान गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगञ्जस्थित जमुनाहा भन्सार नाका हुँदै नेपालबाट भारततर्फ हुने कबाड तस्करीमा सुरक्षाकर्मीहरुको मौनता र सेटिङबारे पटक-पटक गम्भीर प्रश्न उठ्दै आएको छ। जमुनाहा नाकामा इलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी (ICP) को २४सै घण्टा तैनाथी रहे पनि प्रहरीको नाकै अगाडिबाट कबाडजन्य सामग्रीहरु जस्तै तामा, पित्तल, फलाम र पुराना ब्याट्री अवैध रुपमा सीमापार गराइँदा […]

दाङ। समाजमा पठन संस्कृतिको विकास गर्ने, साहित्यप्रति रुचि बढाउने र पुस्तक पढ्ने बानीको विस्तार गर्ने उद्देश्यले साहित्यकार सविन प्रियासनले सञ्चालन गर्नुभएको ‘किताब उपहार अभियान’ जारी रहेको छ। नेपालमा सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने साहित्यकारमध्ये दोस्रो स्थानमा रहेको दाबी गरिएका प्रियासनले अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर २ र ४ का विभिन्न स्थानमा पुगेर पुस्तकप्रेमी तथा साहित्यमा […]

  बाँके । सडकले धान्नेभन्दा बढी ओभरलोड बोकेका गाडीहरु खुलेआम चलिरहँदा पनि प्रशासन मौन बसेको छ। क्षमता भन्दा दोब्बर बढी सामान बोकेर दैनिक सयौं ट्रक र टिपरहरु निर्वाध चलिरहेका छन्। जसका कारण सडक जीर्ण बन्दै गएको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ। तर नियमन गर्ने निकाय प्रहरी र ट्राफिक प्रहरीबीच समन्वय नै देखिँदैन। एकले […]