काठमाडौं । आदरणीय आमा-बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सञ्चारकर्मी मित्रहरू,
जय नेपाल!
वर्षा, सम्भावित हावाहुरी तथा त्यसले निम्त्याउन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति न्यूनीकरण गर्नु हामी सबैको साझा दायित्व बनेको छ।
यस संवेदनशील घडीमा नेपाल प्रहरी आफ्नो मूल कर्तव्यमा रहेर नागरिकको सुरक्षाका लागि २४सै घण्टा दत्तचित्त भएर खटिरहेको छ र खटिरहनेछ।
यस कार्यमा यहाँहरू सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य छ।
विशेष गरी, यस्तो बेलामा नागरिकसम्म सही समयमा सही सूचना पुर्याएर क्षति कम गर्न सञ्चारकर्मी मित्रहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेपाल प्रहरी यहाँहरूको निष्पक्ष, तथ्यपरक र साहसिक रिपोर्टिङको उच्च सम्मान गर्दछ।
साथै, सञ्चारकर्ममा कतै कुनै अवरोध नहोस् भन्नका लागि आवश्यक सहयोग र समन्वय गर्न नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ।
आऔं, विपद्को असर कम गर्न हामी सबै मिलेर अभूतपूर्व सहकार्य गरौं।
*दानबहादुर कार्की*
*प्रहरी महानिरीक्षक, IGP नेपाल प्रहरी*