०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सुर्खेतमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

सुर्खेत माघ ७ सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बा ३ ख ६३५२ नम्बरको गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो।
मंगलबार राति पौने ९ बजेतिर गाडीले उनलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। प्रहरीका अनुसार गाडीको ठक्करबाट घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
मृतक बोहरा आफू सवार भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकेर बाटोमा हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो।
यस्तै मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै सवारी साधन चल्न दिएका छैनन्। आफन्तले बाटो बन्द गराएपछि वीरेन्द्रनगर हुँदै नेपालगञ्ज, जाजरकोट तथा सुर्खेतका अन्य पूर्वी क्षेत्रमा चल्ने सवारी साधन ठप्प भएका छन्।
आफन्तले बाटोमा टायर बालेर सवारी आवतजावत ठप्प पारेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने गाडीका चालक र साहु भने फरार छन्। काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित उक्त गाडी प्रहरीको नियन्त्रणमा छ। चालक र साहुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]