काठमाडौं । चाडपर्वको समयमा काठमाडौंमा मोडिफाइ गरेर ठूलो आवाज निकाल्दै हिँड्ने *५२ वटा बाइकलाई प्रहरीले नियन्त्रणमा* लिएको छ।
चाडपर्वको उल्लासको नाममा सर्वसाधारणलाई ध्वनि प्रदूषणले सताउने, ट्राफिक नियम उल्लंघन गर्ने र सडकमा आतंक मच्चाउने गतिविधि विरुद्ध प्रहरीले कडा चेकजाँच गरेको हो।
नियन्त्रणमा लिइएका बाइकहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।