बाँके । नेपालगञ्जस्थित संजीवनी अस्पतालमा सुत्केरी मृत्यु भएको प्रकरणलाई लिएर पीडित पक्षले अस्पताल गेटमा विरोध प्रदर्शन गरेका छन्।
पीडित पक्षले अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्।
प्रदर्शनका कारण अस्पताल क्षेत्रमा केही बेर तनाव भएको थियो। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
अस्पताल प्रशासनले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ। थप विवरण आउन बाँकी छ।