०३ मंसिर २०८३, बिहिबार
19-11-2026 , Thu
×

बाटुलो जुन’ फिल्मको प्रचारप्रसारका क्रममा दाङ आएका भुवन केसी,अनमोल केसी र प्रिन्सिल खतिवडालाई सबिन प्रियासनद्वारा उपन्यास उपहार,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर ०२, २०८३

दाङ । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसीसहित कलाकारहरूलाई साहित्यकार प्रियासनले दिए आफ्ना उपन्यास, चलचित्र र साहित्यबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास

दाङ घोराही,नेपाली चलचित्र ‘बाटुलो जुन’ को प्रचारप्रसारका क्रममा दाङ आएका सदाबहार नायक भुवन केसी, अभिनेता अनमोल केसी तथा कलाकार प्रिन्सि खतिवडालाई उपन्यासकार सबिन प्रियासनले आफ्ना उपन्यास उपहार प्रदान गर्नुभएको छ।

नेपाली साहित्य र पठन संस्कृतिको विकासका लागि निरन्तर सक्रिय रहँदै आउनुभएका प्रियासनले चलचित्र क्षेत्रका चर्चित कलाकारहरूलाई उपन्यास उपहार दिएर साहित्यप्रतिको सम्मान र पठन संस्कृतिको प्रवर्द्धन गर्ने सन्देश दिनुभएको हो।

सो अवसरमा प्रियासनले भुवन केसी, अनमोल केसी र प्रिन्सि खतिवडालाई आफ्ना प्रकाशित उपन्यासहरू प्रदान गर्नुभयो। उपन्यास उपहार ग्रहण गर्दै कलाकारहरूले साहित्यिक सिर्जना र पुस्तक उपहार दिने अभियानको प्रशंसा गरेका थिए। चलचित्र प्रचारप्रसारको व्यस्तताबीच साहित्यकारसँगको यो भेटघाटले साहित्य र चलचित्रबीचको सम्बन्धलाई समेत उजागर गरेको छ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि लोकप्रिय रहँदै आउनुभएका भुवन केसी सदाबहार नायकका रूपमा परिचित हुनुहुन्छ। उहाँका छोरा अनमोल केसी पनि नेपाली चलचित्रका लोकप्रिय अभिनेतामध्ये एक हुनुहुन्छ। ‘बाटुलो जुन’ फिल्मको प्रचारप्रसारका क्रममा दाङ आइपुगेका कलाकारहरूलाई उपन्यास उपहार प्रदान गरेर प्रियासनले फरक किसिमको साहित्यिक आतिथ्य प्रस्तुत गर्नुभएको हो।

नेपालका सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकारका रूपमा परिचित प्रियासनले साहित्यलाई समाजका हरेक क्षेत्रसँग जोड्नुपर्ने धारणा राख्दै आउनुभएको छ। उहाँले सञ्चालन गर्दै आउनुभएको किताब उपहार अभियानले जन्मदिन, चाडपर्व, विभिन्न समारोह तथा भेटघाटका अवसरमा पुस्तक उपहार दिने संस्कृतिलाई प्रोत्साहन गर्दै आएको छ।

प्रियासनका अनुसार पुस्तक उपहार दिनु भनेको केवल एउटा सामग्री प्रदान गर्नु मात्र नभई ज्ञान, विचार, भावना र सिर्जनशीलता बाँड्नु पनि हो। चलचित्र क्षेत्रका कलाकारलाई उपन्यास उपहार दिनुले कलाकार र साहित्यकारबीचको आत्मीय सम्बन्धलाई समेत अभिव्यक्त गरेको छ।

चलचित्र र साहित्य दुवैले समाजका कथा, भावना, संस्कृति र जीवनका विविध पक्षलाई प्रस्तुत गर्ने भएकाले यी दुई क्षेत्रबीच सहकार्य र सम्बन्ध विस्तार आवश्यक रहेको सन्देश यस भेटघाटले दिएको छ।

दाङमा भएको यो साहित्यिक भेटघाटले चलचित्रको प्रचारप्रसारसँगै पुस्तक पढ्ने र उपहार दिने संस्कृतिको प्रवर्द्धनमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मकवानपुर । जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। २०८३ मंसिर ३ गते बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा […]

  दाङ । नेपाल पूर्व सशस्त्र प्रहरी संघको चौथो साधारण सभा दाङको सशस्त्र प्रहरी ज्वालामाई गण, भालुवाङमा भव्य रूपमा सम्पन्न भएको छ। संघ विस्तार, अधिवेशन लगायतका कार्यलाई निरन्तरता दिँदै आयोजना गरिएको साधारण सभामा लुम्बिनी प्रदेश अन्तर्गतका पूर्व सशस्त्र प्रहरीहरू, पदाधिकारी तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नम्बर ५ बाहिनीका बाहिनीपति *DIG श्रद्धेय दीपक अधिकारी* […]

  दाङ । घोराही प्यारालाइसिसबाट पीडित रेशमान खाटबाट खसेर थप घाइते भएपछि उपचारमा आर्थिक समस्या, टोलबासी र शुभेच्छुकद्वारा सहयोग संकलन आर्थिक रूपमा विपन्न परिवारका ५० वर्षीय रेशमान चौधरीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले थारुगाउँ टोल विकास संस्थाले ११ हजार ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका चौधरीको आर्थिक अवस्था कमजोर भएका […]

error: Content is protected !!