०३ मंसिर २०८३, बिहिबार
19-11-2026 , Thu
×

सशस्त्र प्रहरीको पोशाक लगएर दुरुपयोग गरी भिडियो फैलाउने विरुद्ध कारबाहीको तयारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरू विरुद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिए।

एक विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य नभएको पनि सशस्त्र प्रहरीले बताएको छ। भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरीको कम्ब्याट पोशाकको पाइन्ट लगाएको पाइएको बलले जनाएको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेको एक व्यक्तिको भिडियो भाइरल भइरहेको थियो।

साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरी बलको पोशाक, दर्ज्यानी चिह्न वा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि सशस्त्र प्रहरीले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मकवानपुर । जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। २०८३ मंसिर ३ गते बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा […]

  दाङ । नेपाल पूर्व सशस्त्र प्रहरी संघको चौथो साधारण सभा दाङको सशस्त्र प्रहरी ज्वालामाई गण, भालुवाङमा भव्य रूपमा सम्पन्न भएको छ। संघ विस्तार, अधिवेशन लगायतका कार्यलाई निरन्तरता दिँदै आयोजना गरिएको साधारण सभामा लुम्बिनी प्रदेश अन्तर्गतका पूर्व सशस्त्र प्रहरीहरू, पदाधिकारी तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नम्बर ५ बाहिनीका बाहिनीपति *DIG श्रद्धेय दीपक अधिकारी* […]

  दाङ । घोराही प्यारालाइसिसबाट पीडित रेशमान खाटबाट खसेर थप घाइते भएपछि उपचारमा आर्थिक समस्या, टोलबासी र शुभेच्छुकद्वारा सहयोग संकलन आर्थिक रूपमा विपन्न परिवारका ५० वर्षीय रेशमान चौधरीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले थारुगाउँ टोल विकास संस्थाले ११ हजार ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका चौधरीको आर्थिक अवस्था कमजोर भएका […]

error: Content is protected !!