३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

गृहमन्त्रालयले नेपाल प्रहरीको समायोजन वैशाखमा गर्ने

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

सागर थापा (क्राईम रिपोर्टर)
काठमाडौं फागुन १४ नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्ने गरी ऐन ल्याएपछि गृहमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन सक्ने गरी तयारी अघि बढाएको छ ।
ऐन लागू भएको एक महिनाभित्रै प्रदेश तथा केन्द्रको दरबन्दी तय गर्नुपर्ने प्रावधान अनुसार गृहमन्त्रालयले दरबन्दी यकिन गर्न तयारी अघि बढाएको हो । प्रहरीको समायोजनसम्बन्धी नयाँ ऐन ६ फागुनबाट लागू भइसकेको छ । ऐनमा उल्लेख भएअनुसार ७ चैतभित्रै समायोजनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।
समायोजनका लागि गृहसचिव महेश्व न्यौपानेको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी कायम गर्न बनेको समितिले मङ्गलबारबाट काम सुरु गरिसकेको छ । मङ्गलबार बसेको समितिको पहिलो बैठकले समायोजन र दरबन्दीबारे छलफल अघि बढाएको हो ।
गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र प्रदेश सरकारसँग आवश्यक पर्ने दरबन्दीसमेत मागेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]