२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बुधबारबाट काठमाडौं कोटेश्वर सुर्यबिनायक सडकखण्डमा नयाँ नियम

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

महेन्द्र सिंह काठमाडौं
काठमाडौँ फागुन १४ कोटेश्वर सुर्यविनायक सडक खण्डमा हुने सवारी जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट नयाँ नियम लागु गरेको छ।
सवारी चापको व्यवस्थापनका लागि सो रुटमा आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो।
आजदेखि विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा तथा छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी दायाँ लेनमा गुडाउनु पर्ने महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिनुभयो।
सो सडकमा गुड्ने सवारी तथा हिँड्ने यात्रुले पूर्व जानकारी लिन चाहेमा ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३, फोन ०१–४२१९६४१, ४२२००६०, मेट्रो कन्ट्रोल १०० मा फोन गरेर पनि लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!