०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

IGP ज्ञवालीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा)
काठमाडौं फागुन १५ नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सो क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, पथ्य विभाग, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाईग्नोसिस तथा ईमेजिङ विभाग, मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभाग लगायतको निरीक्षण गर्नुभयो । साथै उहाँले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिनुभयो ।
निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने विरामीहरुका अपेक्षाहरु पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रीत हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर आ-आफ्नो भूमिका निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।
अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई आ-आफ्नो क्षमताको प्रदर्शन गर्दै सामूहिक रुपमा सबैले विशिष्ट योगदान गर्न आग्रह गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीप्रतिको वोली, वचन तथा व्यवहारमा संवेदनशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवाहरु, चुनौतीहरु, योजना, पूर्वाधार विकास लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै स्तरीय सेवा दिन अस्पताल सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू लगायतका प्रहरी अधिकृत एवं जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!