१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

कपिलवस्तुमा ६ किलो चरेश सहित चारजना महिला पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १६, २०७६

(सागर थापा)
कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट बिहीबार ठुलो मात्रामा लागुऔषध सहित चार जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट प्रहरीले नेपालबाट भारत तर्फ जादै गरेका ३ जना महिलाहरुको साथबाट ७ किलो ५ सय ग्राम चरेश फेला पारी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तीनै जना महिलाहरुलाइ जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भईरहेको पनि जनाइएको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं। ९ विजौरी बस्ने योजना न्यौपाने, सोहि ठाउँकी शुष्मा रोका मगर र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं ३ तुल्सिपुर घर भई हाल लमही नगरपालिका वडा नं। ८ शान्तिनगर बस्ने मिना कुमारी घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।
यसैबिच यता जिल्लाको शिवराज नगरपालिकाबाट पनि लाघुऔषध चरेश सहित एक महिलालाई प्रहरिले पक्राउ गरेको छ । शिवराज नगरपालिकाको वडा नम्बर ५ चैनपुरबाट सोहि ठाउँकी कमला पुनको साथ बाट झोला भित्र पलाष्टिकले बेरेर राखेको अवस्थामा ६ के.जी. चरेश फेला परेको प्रहरीले जनाएको छ । चरेश सहित पक्राउ परेकी पुनलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!