२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कपिलवस्तुमा ६ किलो चरेश सहित चारजना महिला पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १६, २०७६

(सागर थापा)
कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट बिहीबार ठुलो मात्रामा लागुऔषध सहित चार जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट प्रहरीले नेपालबाट भारत तर्फ जादै गरेका ३ जना महिलाहरुको साथबाट ७ किलो ५ सय ग्राम चरेश फेला पारी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तीनै जना महिलाहरुलाइ जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भईरहेको पनि जनाइएको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं। ९ विजौरी बस्ने योजना न्यौपाने, सोहि ठाउँकी शुष्मा रोका मगर र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं ३ तुल्सिपुर घर भई हाल लमही नगरपालिका वडा नं। ८ शान्तिनगर बस्ने मिना कुमारी घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।
यसैबिच यता जिल्लाको शिवराज नगरपालिकाबाट पनि लाघुऔषध चरेश सहित एक महिलालाई प्रहरिले पक्राउ गरेको छ । शिवराज नगरपालिकाको वडा नम्बर ५ चैनपुरबाट सोहि ठाउँकी कमला पुनको साथ बाट झोला भित्र पलाष्टिकले बेरेर राखेको अवस्थामा ६ के.जी. चरेश फेला परेको प्रहरीले जनाएको छ । चरेश सहित पक्राउ परेकी पुनलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!