२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं मन्त्री मानन्धर

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताउनुभएको छ । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री मानन्धरले सुखी नेपाली स् समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताउनुभएको छ । नेपाल विश्वकै सबैभन्दा सुन्दर मुलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हाँसिल हुने बताउनुभयो ।
मन्त्री मानन्धरले नेपाल पृथ्विको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपुर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताउनुभयो । नेपाल जस्तै जैविक विविधताले भरिपुर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताउनुभयो ।
प्रकृतिले दिएका उपहारसँगै हामीसँग पुर्खाको पौरख पनि रहेको बताउँदै मन्त्री मानन्धरले नेपालको मौलिक कला र संस्कीति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताउनुभयो । प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरहरुका कारण नेपालले विश्वकै ध्यान केन्द्रीत गरिरहेको बताउँदै मन्त्री मानन्धरले अब नेपालीहरुका बीचमा केही गरौं भन्ने भावना र विकासको चाहना तिब्र हुनुपर्ने बताउनुभयो । बर्तमान सरकार जनताको आशालाई विश्वास र व्यावहारमा परिणत गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री मानन्धरले विकासका खाकाहरु कार्यान्वयन मार्फत अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री मानन्धरले देश विकासका लागि राजनीतिक र प्रशासनीक तहबाट बनेका योजनाको नक्सा डिजाइन गर्ने काम ईन्जिनियरहरुको भएको बताउँदै समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको भुमिका अतुलनिय रहने बताउनुभयो । कहीलेकाँही गलत ईन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै मन्त्री मानन्धरले सचेत भएर काम गर्न पनि आग्रह गर्नुभयो । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै कतै गलत ईन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।
आइतबारदेखि शुरु हुने युवा ईन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]