२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल सरकारले विदेश जाने कामदारको श्रम स्वीकृति रोकियो

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि रोकेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।
भाइरसको त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य स्थगन गरिएको मन्त्रालयले जनाएको हो । सरकारले यसअघि नै अत्यावश्यक काम बाहेक विदेश नजान आग्रह गरिसकेको छ ।
नेपालीहरु रोजगारीका लागि जाने खाडी मुलुकहरुमा पनि पछिल्लो समय संक्रमण देखिएको छ । कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका थिए । दक्षिण कोरिया, युएई, कतार, बहराइन र ओमानमा पनि कोरोना संक्रमित फेला परिसकेका छन् । मध्यपूर्वी मुलुकमा १० लाख नेपाली कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]