०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

कोरोना भाइरसको कारण पर्यटकहरु आउन छाडे सौराहाका होटलका कर्मचारीलाई बिदा दिदै

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

काठमाडौं फागुन २१ कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् ।क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो सङ्ख्या निकै न्यून हुने उहाँको भनाइ थियो । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।
होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन् । एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन् । अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको हो ।
सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए । पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ थियो । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ । यकिन तथ्याङ्क नभए पनि सौराहाका ११५ होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउनुहुन्छ ।
व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ । ऋण ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेको तर्क छ । व्यापार ठप्प भएपछि बैंकको कालोसूचीमा पर्ने चिन्ता व्यवसायीमा छ । सौराहामा सबैभन्दा बढी पर्यटक आउने चीन कोरोनाबाट प्रभावित छ । यसअघिका पर्यटकको समेत चीनका ट्राभल एजेन्टले भुक्तानी गर्न नसकेको व्यवसायीको भनाइ छ । सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायी बताउँछन् ।
त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको घिमिरेको भनाइ छ । सरकारले पनि धेरै मानिस जमघट हुने सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ । कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पु¥याएको सरोकारवाला पक्षको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]