०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बिराटनगरमा टिपरको ठक्करबाट ३ जनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए टिपर

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

काठमाडौं फागुन २१ विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताउनुभयो । घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी– अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर३०एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना१क ५८२६ नंको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो ।
सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पु¥याइएको थियो । अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

error: Content is protected !!