२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्लेमा ओलीले राजीनामा दिएका छन् ।

काठमाडौं । सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रण भनदा बाहिर काठमाडौं छ । १९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले अहिले शिर्ष नेताका घरहरु, सरकारी निवास, कार्यालयहरुमा तोडफोड र आगजनीमा उत्रिएका छन् । मंगलबारको प्रदर्शनम आगजनी र तोडफोडका घटनाहरु व्यापक बनेका छन् । कफ्युका बीच पनि प्रदर्शनकारीहरुले निरन्तर आक्रमण र […]

मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू सिंहदरबार छिरे काठमाडौं । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

दाङको एमाले पार्टी कार्यालय र नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड दाङ । घोराही भरतपुरस्थित एमाले दाङको पार्टी कार्यालयमा जेनजिले तोडफोड गरेका छ्न । यता नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा युवाहरूद्वारा आगजनिको प्रयास गरिएको छ ।

युवाहरूको समूहद्वारा नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय तोडफोड काठमाडौं । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन् ।

काठमाडौं । हिजोमात्रै पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।

कैलाली धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी तोडफोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् । प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा र आगजनी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रोशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका […]