१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

पोलमा काम गरिरहेका एक जना विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु,

  काभ्रे । धुलिखेल नगरपालिका ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका एक जनाको करेन्ट लागेर मृ*त्यु भएको छ । सर्लाही लालबन्दीका २८ वर्षीय उज्वल नेपाली ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेको बेला विद्युत प्राधिकरणले सूचना विनै लाइन छाड्दा उनको करेन्ट लागेर मृ*त्यु भएको बताइएको छ ।

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकता दिएको स्पष्ट पारे। उनले प्रदेश सडक गुरु योजना निर्माण गरिएको र सोही प्राथमिकताका आधारमा सडक क्षेत्रमा लगानी […]

  काठमाडौं । सत्ता निकटता आधार बनेको आशंका बढ्दो छ। सीमा सुरक्षा विभागका तत्कालीन एआईजी चन्द्रप्रकाश गौतमको अनिवार्य अवकाश पछि रिक्त भएको पदमा आठ जना डिआइजीहरूले आवेदन दिएका छन्। तर, एक महिनासम्म बढुवा प्रक्रिया अघि नबढाइने परिस्थिति प्रश्नको घेरामा परेको छ। सरकारी निर्णय प्रक्रियामा प्रभाव जमाइरहेका भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईका नातेदार कमल गिरीको नाम […]

धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो । धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप स्थिति सिर्जाना भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । […]

विरेन्द्रनगर । सुर्खेत जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रहरी उपरीक्षक एसपी सुधिर राज शाही ऐ.ऐ.कार्यालयका प्रहरी नायव उपरीक्षक सुर्खेत प्रहरीका प्रबक्ता डिएसपी मोहनजंग बुढथापा कार्यालय तथा मातहत प्रहरी युनिटहरु इ.प्र.का.गुटु, प्र.चौ.बिद्यापुर, प्र.चौ.बिजौरा, प्र.चौ.सालकोट, प्रहरी चौकी बड्डीचौर, अ.प्र.पोष्ट लगाम, अ.प्र.पोष्ट घाटगाउ, अ.प्र.पोष्ट तातापानीमा पाल्नु भई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, क्वाटर गार्ड, हिरासत कक्ष लगायत […]

मेष : बोल्दा एकदमै ख्याल राख्नु होला ।व्यापार स्थिर रहने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। ढिलासुस्तीले सताए पनि स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। राजनीतिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वृष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको सुरुवात हुनेछ। साथीसँग बोल्दा सचेत […]

काठमाडौं । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रममा सहभागी हुन उनी नेपाल आएकी हुन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गोबिन्द पुरीको संयोजकत्वमा चितवन जिल्लामा क्रियाशिल रहेका विभिन्न राजनैतिक दलका प्रमुखहरु एवं प्रतिनिधीहरुका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा जिल्लामा भएका शान्ती सु-व्यवस्थाका विषयमा अन्तरक्रिया हुनुको साथै थप शान्ती सु-व्यवस्था सुदृढ बनाउने, जिल्ला भित्र रहेका लागु औषधको समस्यालाई नियन्त्रण गर्ने सवारी दुर्घटना न्यूनिकरण, व्यवस्थापन […]

  काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिररहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठक मोबाइलको लाइट बालेर बैठकलाई निरन्तरता दिइएको छ । काठमाडौंमा हावाहुरी र पानी परिरहेको समयमा सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अबरुद्ध भएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध […]

   

error: Content is protected !!