बाँके । कोहलपुर लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दानबहादुर कार्कीले आइतबार इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको कार्यालय परिसर, भवन र विभिन्न शाखाहरुको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
काठमाडौं । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएर काठमाडौँ–१५ चमति बस्ने २८ वर्षीय राम विक्रम खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनलाई आवश्यक अनुसन्धानको लागी प्रहरी वृत्त स्वयम्भूमा पठाइएको छ ।
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज सनराइज खड्का लाई पक्राउ गरेको छ।रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।उनले भने, ‘कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो।’ पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ […]
चितवन । खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् । भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।
काठमाडौं । बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना भएका छन् । उनलाई अहिले NICU मा राखेर उपचार गरिदै छ । उनको स्वास्थ्यको बारेमा एक अन्तर्वर्तामा सचिनका बुवाले जानकारी दिएका हुन् । छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले उनि रोएका पनि छन् । यो भन्दा अघि पनि सबैले सहयोग गरेर बचाउनु भएको हो अब […]
काठमाडौं । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जानकारी दिएको छ । सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको मापन केन्द्रका कर्मचारी नवराज पराजुली जानकारी दिएका छन । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय […]
काठमाडौं । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ । एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको जनाइएको छ । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी भरतबहादुर बोहरा अवकाशमा गएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्। नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशप्राप्त भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। उमेर हदका कारण ३० वर्षे सेवा […]
पर्सा । सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठक शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा सम्पन्न भएको छ। उक्त बैठकमा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजीको नेतृत्वमा सहभागीता रहेको थियो भने […]
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य स्थिर रहेको सो पार्टीले जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवका अनुसार वैद्यको स्वास्थ्य स्थिर अवस्थामा छ । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए […]