गुल्मी । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं १ रातामाटाभन्दा केही माथि धुवाले भन्ने स्थानमा माथिबाट खसेको लेदोसहितको पहिरोले गुडिरहेको लु १ ख ५९२० नंबरको बसको केही भाग पुरेको छ । अहिले उक्त स्थानमा सूरक्षाकर्मिको टोली पुगेको […]
दाङ । मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेका छन । पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले शाखामा स्थापना गरिएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरुमा पठन संस्कृतिको विकास गर्नुका साथै पत्रकारहरुको वौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसलाई निरन्तरता र विकास गरेर लैजानुपर्ने बताए । […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए। “मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने, “अन्य पहाडी […]
दाङ । साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा […]
रुपन्देही । सोमबार बेलुका साढे आड बजेतिर दुर्घटना हुँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएका २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको हो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेका सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको […]
चितवन । राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले मदरबाबा सामुदायिक वनबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो । गत साउन ३२ गते बाघ विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको बगुबनको बस्तीमा पसेर स्थानीयलाई आतङ्कित बनाएको थियो । बाघले बगुबनमा दुईवटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेको […]
काठमाडौँ । माओवादीका तत्कालीन नेता मोहन वैद्य र बाबुराम भट्टराई अलग भइसकेपछि अध्यक्ष पुष्पकमल दाहालको ‘लाइन र लिडरसिप’ माथि पहिलोपटक लिखित रूपमा प्रश्न उठेको छ । पछिल्लो स्थायी समितिमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले लिखित र मौखिक रूपमा ‘लाइन र लिडरसिप’ माथि प्रश्न उठाएका हुन् । २०४५ देखि पार्टीको मुख्य नेतृत्वमा रहेका […]
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार बेलुका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । राणाले त्यसअघि विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । उक्त अवसरमा द्विपक्षीय साझेदारीका व्यापक पक्षहरुमा छलफल भएको भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयका अनुसार दुई मन्त्रीहरुबीच विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको […]
दाङ । तुल्सीपुर पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् । उनीहरूले गत शनिबार रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलन गरी पार्टी त्यागको घोषणा गरेका हुन् । ठूलो आशा बोकेर पार्टीमा लागेकामा अन्तमा […]
सुर्खेत । कोहलपुर सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो । विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । […]