२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

अबैध काठ बरामद

(एबिसि संचार ) कैलालीको धनगढीबाट अबैध काठ बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-१७ पथरी गाउँ स्थित सोही ठाउँ बस्ने ५९ वर्षीय रामप्रसाद चौधरीको घरको आगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया थान–१ (१८ क्युफिट) अबैध काठ प्रहरीले आईतवार राति नियन्त्रणमा लिएको हो।चौधरीसहित काठ र डल्लबलाई प्रहरीले सब डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ।

(एबिसि संचार ) सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका– ३ हरकठवा परीक्षा केन्द्रबाट भिनाजुको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतोलाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो ।कृष्ण आइतबार भिनाजु राकेशकुमार महतो (सिम्बोल नं ०२२१००४५) को अनिवार्य गणित विषयको […]

(एबिसि संचार )                                                                सिराहाको खुसिपुर नगरपालिका–७ स्थित रजै मावि बलही परीक्षा केन्द्रवरबाट प्रहरीले चिट बनाएको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा […]

(एबिसि संचार )                                                                कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार […]

(एबिसि संचार )                                                              मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा […]

(एबिसि संचार )                                                                काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय […]

(एबिसि संचार )                                                                सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका […]

(एबिसि संचार )                                                                  धनगढी उपमहानगरपालिकामा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने २७ वर्षीय ओम प्रकाश […]

(एबिसि संचार ) झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्गमाया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । लिम्बूलाई छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार राती जंगली हात्तीले […]

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

error: Content is protected !!