(एबिसि संचार ) वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]
(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्।
(एबिसि संचार ) कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ। डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।
(एबिसि संचार ) सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित पाँच सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बरालसहित विभिन्न मन्त्रालयमा […]
(एबिसि संचार ) जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार बैतडीका तीन जना दोषी पक्राउ परेका छन्। ३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका-३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला […]
(एबिसि संचार ) बाँकेको कोहलपुरमा श्रीमती हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई […]
(एबिसि संचार ) उदयपुरको कटारी नगरपालिका–५ स्थित छाउरीखोला नजिक एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । टाउको एकातिर र शरीर अर्कोतर्फ रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । खोला छेउको घारीमा पहिचान नखुलेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डीएसपी) सुवास राईले बताए ।
(एबिसि संचार ) ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु […]
(एबिसि संचार ) प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । […]