(ABC-Sanchar) काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मा भाइरल सिमान्त केसीको क्लिनिक प्रहरीले बन्द गराएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका–७ स्थित ढलमल पुल नजिकै रहेको क्लिनिक अत्यधिक भिडका कारण बन्द गराएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजिक कुँवरले रातोपाटीलाई बताए । ‘हिजोबाट क्लिनिक बन्द छ’ डिएसपी कुँवरले भने–‘अत्यधिक भीड भएपछि बन्द गर्न आग्रह गरेका हौं ।’ बर्षौंदेखि […]
(ABC-Sanchar) काठमाडौं । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा भूमिहीन तथा खोला किनाराका सुकुम्वासीलाई व्यवस्थापन गर्ने उल्लेख गरिएको छ। काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमित भूमि खाली गराइने कार्यक्रम छ।
ABC (क्राईमबिट) काठमाडौं । रामेछाप घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसोको समयमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । उनी जल्दै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए । उद्धार […]
ABC (क्राईमबिट) काठमाडौं । एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको […]
(ABC-Sanchar) दाङ । तुल्सीपुर राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा १२५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद पाँच हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालकलाई यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ । दाङको लमही बजारमा राजमार्गमा गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण दिएका हुन् । जिल्लामा राजमार्ग […]
(ABC-Sanchar) काठमाडौँ । डेटा सुरक्षाको विषयमा जनचासो बढिरहँदा सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्नुका साथै राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षासम्बन्धी छुट्टै कानुन निर्माण गरिने बताएका छन् । ‘विद्युतीय तथ्यांकको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन […]
ABC-Sanchar काठमाडौँ । भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन । बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । देशैभरको कुनै पनि बैंकमा गएर नोटलाई बदल्न पाउने भनिएको छ […]
ABC (क्राईमबिट) दाङ । प्रहरीले चोरी मुद्धाका फरार प्रतिवादीलाई १८ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् । चौधरीलाई चोरी मुद्धामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो […]
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा- फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ। राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। संघीय संसद् भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम प्रस्तुतका लागि शीतल निवासबाट नयाँ बानेश्वर […]