ABC (क्राईमबिट) बाँके । कैलाली घोडाघोडी नगरपालिका वडा नं.९ रतिपुर स्थित भगतपुर समुदायिक बनबाट से.१ त. ९७०७ नम्बरको ट्याक्टरमा अबैध रुपमा सालको काठ ओसार पसार भई रहेको छ । भन्ने गोप्य सुचनाको आधारमा खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय सुखडबाट प्र.स.नि. दमन कठायतको कमाण्डमा ७ जनाको टोली खटिगई उक्त ट्याक्टरमा रहेको अबैध ५ गोलिया […]
(ABC-Sanchar) काठमाडौँ । छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न विज्ञापन बोर्डलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न महासंघले ध्यानाकर्षण गराएको हो । बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको […]
(ABC-Sanchar) बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केबलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भई हाल प्राविधिक परीक्षण सुरु गरिएको छ । यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ […]
(ABC-Sanchar) काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि […]
(ABC-Sanchar) काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले यस्तो माग गरेका हुन् । भारत भ्रमणका क्रममा यसको पहल गर्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे। ‘केही हप्ताअघि भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नुअघि भारतीय सुरक्षाकर्मीबाट शरीरको […]
(ABC-Sanchar) काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल बन्दाको १५, काउली स्थानीयको ७० रुपैयाँ रहेको छ […]
(ABC-Sanchar) काठमाडौं । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न […]
(ABC-Sanchar) काठमाडौं । माओवादीले आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो। समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ ।
(ABC-Sanchar) गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको छ। कोहलपुर ६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर-८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ। चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्। वैशाख […]