(ABC-Sanchar) कास्की । पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार […]
(ABC-Sanchar) तुल्सीपुर । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा रेडियोकर्मी चेतन वली सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्र मार्फत विगत देखिनै निरन्तर रुपमा संस्थालाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको हो । आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा सहित उहाको उज्जल भविष्यको कामना गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतमले बताउनुभएको छ । रेडियो […]
(ABC-Sanchar) कपिलवस्तु । जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए। प्रशासन कार्यालयका प्रजिअ सहित १० जना कर्मचारीहरू नयाँ वर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवाहरू दिन दिनभर नै व्यस्त थिए। शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रको […]
(ABC-Sanchar) पर्सा । वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी ले वडामा बिकास गर्न खोजदा पनि बिकास गर्न नदिएको बताएका छन्। वीरगंज महानगरपालिका वडा नं १ स्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा भएको विकासको कार्यमा छलफल सुझाव दिने सम्बन्धमा राखेको कार्यक्रममा वडा अध्यक्ष मनोज राउत कुर्मीले भने म वडामा बिकास गर्न खोज्दा पनि […]
ABC (क्राईमबिट) सल्यान । शारदा नगरपालिका ७ कागेखोलास्थित मसिना सामुदायिक वनमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । मसिना सामुदायिक वनको भीरमा बाख्रा चराउन गएका स्थानीयहरूले सडेगलेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई बोलाइएको थियो । स्थानीयहरूका अनुसार उक्त शव शारदा नगरपालिका ओखरेनीका ३८ वर्षीय भद्रबहादुर बिकको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता […]
(ABC-Sanchar) भैरहवा । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि […]
ABC (क्राईमबिट) भैरहवा । रूपन्देहीको सियारी गाउँपालिकाका अध्यक्षको घरलाई लक्षित गरी अज्ञात व्यक्तिहरूले बम राखेका छन् । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो । घिमिरेको घर पछाडि कम्पाउण्ड बाहिरको गेटमा कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु […]
ABC (क्राईमबिट) काठमाडौँ । शनिवार बागमती नदीमा पेस्तोल भेटिएको छ । बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले शनिवार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका हुन् । उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले […]
(ABC-Sanchar) चितवन । पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ […]