१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

६ महिना सम्म पुग्ने औषधी नेपालमै छ सरकारले विदेशी गुहार्नु पर्दैन’

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

काठमाडौं, २३ फागुन । नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिनुभयो । उहांले भूकम्प र नाकाबन्दीका बेला पनि देशमा ‌औषधि अभाव हुन नदिएको स्मरण गराउनुभयो । भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिनुभएको छ ।
बिपदमा मात्रै सरकारले औषधिको महत्व बुझ्ने गरेको संघको गुनासो छ। महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पार्नुभएको छ । अधिकारीले भन्नुभयो, अधिकांश औषधि नेपालमै उत्पादन भइरहेका छन् । विदेशी कम्पनीलाई अनुनय बिनय र आग्रह गर्नुपर्दैनु, हामी निजी उद्योगीहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्रै पुग्छ।
भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको महासचिव अधिकारीले बताउनुभयो । सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै संघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!