२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

कोराना भाईरसका कारण कतार हिँडेका ४० नेपाली कामदार फिर्ता

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं विश्वभर आतंक मच्चाउँदै आएको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलुकका मानिसमाथि प्रतिबन्ध लगाएको छ। कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरूपमा प्रतिबन्ध लगाएको हो। नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रूपमा रहेको कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन्। कामका लागि कतार हिँडेका उनीहरूलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिनुभयो। शर्माले भन्नुभयो, ‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो।’ सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ। हरेक दिन तीनवटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले नै नेपालीसहित १४ देशका नागरिकमाथिको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ। कतारले प्रतिबन्ध लगाएका अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि नेपालमा भने अहिलेसम्म देखिएको छैन। उसले छिमेकी मुलुक भारत र चीनमा उक्त संक्रमणको अवस्था भयावह भएका कारण नेपाललाई पनि प्रतिबन्ध लगाएको हुन सक्ने आशंका गरिएको छ। त्यसै गरी साउदी अरबले पनि छिमेकी मुलुकसहित ९ मुलुकका नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएपछि नेपालबाट साउदी अरब जाने नेपालीहरू प्रभावित हुने भएको छ। प्रतिबन्ध नलगाएका देशहरूबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीनवटा विमानस्थल मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!