१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सशस्त्र प्रहरीमा डिआईजी बढुवाको प्रक्रिया सुरु रिक्त दुई पदमा ६ जनाले दिए आवेदन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

सागर थापा
काठमाडौं सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा रिक्त दुई पदमा ६ जना एसएसपीहरुले आवेदन दिएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले ७ दिनभित्र बढुवाको लागी आवश्यक पर्ने शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनको लागी आवश्यक पर्ने प्रमाणपत्र पेश गर्न सुचना प्रकाशित गरेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सदस्य सचिव समेत रहेका एआईजी रामशरण पौडेलले मंगलवार ६ जनाको विवरण गृहमन्त्रालयले गठन गरेको सचिवालयमा बुझाएका छन् । बढुवाको लागी अघिल्लो ब्याचबाट एसएसपी हरिशचन्द्र अधिकारी र पछिल्लो ब्यांचमा एक नम्बरमा रहेका अभिकुमार खत्रीले फारम भरेका छन् ।
बढुवामा योग्य भएपनि तिन नम्वरमा रहेका एसएसपीहरु गणेश ठाडा मगर, दुर्गा भटराई र कमल गिरीले भने फारम बुझाएका छैनन् । डिआईजी बढुवाको लागी फारम भर्नेमा एसएसपीहरु शम्भु सुवेदी, राजेन्द्र शाक्य, राजेन्द्र अधिकारी र कुलबहादुर नेम्वांङ्ग रहेका छन् । तिमध्ये खत्री र सुवेदी २०७३ चैत्र १५ मा एसएसपीमा बढुवा भएका हुन् भने शाक्य र अधिकारी उनिहरुभन्दा चार महिना पछि एसएसपीमा बढुवा भएका हुन् ।
गृहमन्त्रालय स्रोतकाअनुसार डिआईजी बढुवाको लागी बिहिवारबाट प्रक्रिया सुरु हुनेछ । रिक्त दुई जना डिआईजी पदमा ६ जना दावेदार भएपनि मन्त्रालयले वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा प्रक्रिया अघि बढाउनेछ ।
तत्कालिन गृहसचिव प्रेमकुमार राईको पालामा समेत सशस्त्रमा डिआईजी बढुवा हुंदा वरियतालाई आधार बनाइएको थियो । वरियताको आधारमा सशस्त्रमा तत्कालिन एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य,बंशिराज दाहाल,हरिशंकर बुढाथोकी,किशोर प्रधान र राजेन्द्र बस्नेतको डिआईजीमा बढुवा भएको थियो । वरियतामा अघि भएपनि सिनियर व्यवस्थापन तालिम नभएपछि एसएपी अधिकारी बढुवा हुन्बाट वंचित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले पनि सुरक्षा निकायभित्रको बढुवा वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा गर्न निर्देशन दिएका छन् । नयां गृहसचिव महेश्वर न्यौपानेले पदबहालीलगत्तै नेपाल प्रहरीमा भएको एआईजीको बढुवा समेत वरियताका आधारमा भएको थियो । नेपाल प्रहरीका डिआईजीहरु ताराणी लम्शाल, शैलेश थापा र हरि पाल एआईजीमा बढुवा भएका थिए ।
गृहमन्त्रालयले गरेको उक्त बढुवाको सबैतिर प्रशंसा भएको थियो । नेपाल प्रहरीमा बढुवामा चलखेल हुने र त्यसले बिवाद सिर्जना गर्ने भएपनि यसपटककको बढुवामा भने कुनै विवाद भएको थिएन् ।
डिआईजी बढुवाको लागी बोर्डको अध्यक्ष गृहसचिव हुने नियम छ । नयां गृहसचिव न्यौपानेले बढुवामा वरियतालाई नमिच्ने अडान लिएपछि प्रहरीको बढुवा विवादरहित भएको थियो । यता सशस्त्र प्रहरीमा पनि उनले बढुवा गर्दा वरियता नमिच्ने अडान लिएको स्रोत बताउंछ ।
सशस्त्र प्रहरीमा रिक्त दुई डिआईजीमा एक जनाको मात्र बढुवा गर्ने लविङ्ग भएपनि गृह नेतृत्वले भने त्यसमा असन्तुष्टि जनाएको र दुई वटै रिक्त डिआईजी पदमा बढुवा गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]