१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

सांसद बिडारीको कडा प्रश्न:

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

मन्त्रीले सौचालय उद्घाटन गर्न भ्याउले सांसदमा जवाफ दिन नभ्याउने सत्तारुढ नेकपाकै सांसदहरुको मन्त्रिहरुको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । राष्ट्रियसभाको बिहिबारको बैठकमा सत्तारुढ नेकपाकै सांसदहरुले मन्त्रीहरुको कार्यशैली गलत भएको भन्दै प्रश्न उठाएका हुन् ।
राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दलकै सांसद रामनारायण विडारीले मन्त्रीहरु ट्वाइलेट देखि मन्त्री उद्घाटन गर्न भ्याउने तर संसदमा जवाफ दिन आउन नभ्याउने भन्दै आलोचना गरे । उनले मन्त्रीहरुको काम गर्ने कुरालाई संसदले निक्र्र्यौल गर्नुपर्ने बताए ।
‘बिहान सबेरै देखि बेलुका अबेरसम्म ट्वाईलेटदेखि मन्दिरसम्म उद्घाटन गर्दै हिंड्ने हो ? यसको निक्र्यौल संसदले गर्नुपर्यो ! यसको निक्र्र्यौल भएपछि मात्रै व्यवस्था राम्रो हुन्छ ।’ बिडारीले भने ।
उनले मन्त्रीले व्यवहारले जनप्रतिनिधिलाई हेपेको जस्तो देखिएको टिप्पणीले गुरे । ‘जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ । उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ?’ उनले प्रश्न गरे ।
सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि सांसद विडारीले मन्त्रीहरुलाई आग्रह गरे ।
विडारीले के भने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!