२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गृह मन्त्रालयले डिआइजीको दरबन्दी घटाउने तयारी…

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

गृहमन्त्रालयले नेपाल प्रहरीमा हाल कायम रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी घटाउने तयारी गरेको छ ।
दरबन्दी समायोजनका लागि गृह मन्त्रालयले सात सदस्यीय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिसमेत गठन गरिसकेको छ । गृहसचिवकाे नेतृत्वमा सात सदस्यीय समिति गठन भएकाे छ । समितिले प्रहरीमा रहेका डिआइजी दरबन्दी कति घटाउने भन्नेबारे विस्तृत अध्ययन गरिरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार ओएनएम कमिटीले डिआइजीको दरबन्दी ३४ बाट घटाएर २४ देखि २६ को बीचमा कायम गर्ने प्रस्ताव तयार पारेकाे छ । गृह मन्त्रालयका उच्च अधिकारी डिआइजीकाे रिक्त २२ दरबन्दीलाई घटाएर १२ मा झार्ने पक्षमा छन् । तर, प्रहरी प्रधान कार्यालयले भने घटाएर कम्तीमा १४ दरबन्दी कायम हुनुपर्ने अडान राखेको छ ।
प्राविधिकतर्फका डिआइजी असन्तुष्ट
डिआइजी दरबन्दी घट्ने भएपछि प्रहरी प्रधान कार्यालय प्राविधिकतर्फकाे दरबन्दी घटाउने रणनीतिमा जुटेको छ । प्रहरी मुख्यालयको यस्तो रणनीतिबाट प्राविधिकतर्फका डिआइजी असन्तुष्ट बनेका छन् । प्रहरीमा आठजना प्राविधिकतर्फका डिआइजी छन् ।
अहिले नेपाल प्रहरी अस्पतालमा पाँच, मुख्यालयअन्तर्गत सूचना तथा सञ्चार निर्देशनालयमा एक, सूचना प्रविधि (आइटी)मा एक र आवास तथा भौतिक योजना शाखामा एक गरी आठ डिआइजी दरबन्दी कायम छ ।
कसरी पुग्यो ६ बाट ४१ डिआइजी दरबन्दी
प्रहरीमा ०४६ यताका हरेक सरकारले आफूनिकटका व्यक्तिलाई बढुवा गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण ‘ओएनएम’ बिना नै मनलाग्दी दरबन्दी बढाउँदै आएका छन् । जसकारण यतिवेला बढुवाको मुखमा रहेका करिब तीन दर्जन डिआइजीको करिअर प्लानिङ प्रभावित बनेको छ ।
०४५ सालमा प्रहरीको संख्या २६ हजार पाँच सय ९० हुँदा ६ जना डिआइजी थिए । पाँच वर्षपछि प्रहरी संख्या ३३ हजार एक सय पुग्दा डिआइजी दरबन्दी आठ पुग्यो । त्यसको एक वर्षपछि ०५१ मा प्रहरीको संख्या बढेर ३६ हजार ६ सय ७२ कायम हुँदा डिआइजी दरबन्दी पनि नौ पुग्यो । त्यसपछि क्रमशः ०५४ मा १२ र ०५९ मा १५ पुर्याइयो ।
०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ र ०६५ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले डिआइजीको दरबन्दी २३ पुर्यायो । २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारले ३०, त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारले ३४ र देउवाले पुनः ०७४ सालमा डिआइजी दरबन्दी ३८ पुर्याए ।
०७५ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा डिआइजीको संख्या ओएनएमबिनै बढाएर ४१ पुर्याइयो । तर गत वर्ष सरकारले एआइजी दरबन्दी समायोजनका क्रममा डिआइजीको संख्या पनि घटाएर ३४ मा झारेको थियो ।
देश संघीयतामा गएसँगै प्रहरीमा हाल कायम रहेको ७९ हजार पाँच सय २३ दरबन्दीमध्ये करिब ५० हजार प्रदेश प्रहरीमा समायोजन हुनेछन् । जसमध्ये सातजना डिआइजीले प्रदेश प्रहरीको नेतृत्व गर्छन् भने बाँकी २७ जना प्रहरी संघीय प्रहरीअन्तर्गत नै रहन्छन् ।
गृह मन्त्रालयले केन्द्रमातहत रहने प्रहरीको संख्या घट्ने भएकाले २७ डिआइजी आवश्यक नरहने भन्दै बढीमा १७ जना रहने गरी ओएनएम तयार पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!