२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कोरोनाको कारण मृत्यु हुनेको संख्या झण्डै १२ हजार १ सय ८६ देशमा फैलियो

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार पुगेको छ ।
सङ्क्रमित २ लाख ८५ हजार ६ सय ६५ मध्ये अहिलेसम्म ११ हजार ८ सय ७५ जनाको ज्यान गएको छ । ९३ हजार ५ सय ८४ जना उपचारपछि घर फर्किएका छन्।
सबैभन्दा धेरै इटलीमा ४ हजार ३२ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ४७ हजार व्यक्तिमध्ये २६ सयको अवस्था गम्भीर रहेको छ भने ५ हजार १ सय २९ जना निको भएर घर फर्किएका छन् ।
सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार कोरोना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।
अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय २६, फ्रान्समा ४५०, अमेरिकामा २७६ जना, बेलायतमा १७७ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।
अहिलेसम्मा कोरोना भाइरसको सङ्क्रमण १ सय ८६ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!