१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो एकलाखको उपचार

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

बिश्वका बिभिन देशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ ।
योसँगै बिश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार एक सय ७८ पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

चीनको भन्दा पनि धेरै हो भने चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोना भाईरस विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ ।
अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा संक्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् । सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!