२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

कोरोना संक्रमित १०१ बर्षीय वृद्ध निको पछी डिस्चार्ज

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

इटलीका चिकित्सक खुसी इटलीमा कोराना भाइरस संक्रमित भएका एक वृद्ध व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। इटलीको रिमिनि सहरका ती व्यक्तिलाई बुुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। इटालियन सञ्चार माध्यमले श्री पी भनेर चिनिने ती व्यक्ति यस रोगबाट निको हुने सबैभन्दा पाको उमेरका व्यक्ति भएको उल्लेख गरेका छन्। उनलाई कोरोना पोजेटिभ देखिएपछि एक हप्ता अगाडि अस्पताल भर्ना गरिएको थियो। बिरामी निको हुन थालेपछि चिकित्सकहरुमा खुशीको सञ्चार प्रवाह गरेको समाचारमा जनाइएको छ। इटलीमा ८ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने ८० हजार भन्दा बढि व्यक्ति संक्रमित भएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]