१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

बाँकेमा बजार खोल्ने निर्णय फेरि रद्द गरिएको छ

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

महेन्द्र सिंह
बाँके जेठ २५ जिल्ला प्रशासन बाँकेले जिल्लामा निषेधाज्ञा र लकडाउन पुन कडाइ गर्दै । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आलोपालो पसल व्यवसाय सञ्चालन गर्न पाउने गरी जारी गरेको निर्णय फेरि रद्द गरेको छ ।
मंगलबार उद्योगी व्यवसायी एवं सर्वपक्षीय बैठकका आधारमा प्रशासनले आलोपालो पसल व्यवसाय सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । निर्णयपछि बिहीबार र बिहान बाँकेमा पसल, व्यवसाय खुले । तर आलोपालो पसल सञ्चालन गर्नेमात्र होइन सर्वसाधारणले भीडलाई व्यवस्थापन गर्न नसकेपछि प्रशासनले उक्त निर्णय रद्द गरेको जनाएको छ ।
प्रशासनले बुधबारको निर्णय खारेज गरी जेठ २१ गतेभन्दा अघिकै अवस्थामा अत्यावश्यक सेवा सूविधाबाहेक अन्य क्षेत्र बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बजार, पसलमा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पूर्व निर्णय खारेज गर्नुपरेको बताए ।
अझ लकडाउन खुकुलो पारेकै दिन बिहीबार नेपालगन्जमा २ र नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिकामा ४० जना नयाँ संक्रमित फेला परे भने बाँके जिल्लामा कोरोनाबाट १ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]